Nepali Shayari For Instagram ✂️ Copy This Ideas! ✨

Nepali Shayari For Instagram ✂️ Copy This Ideas! ✨

If You Are Searching For Nepali Shayari For Instagram Then You Should Follow This Post Till The End Because Here You Will Found Many Nepali Shayari For Instagram . You Can Choose The Best Nepali Shayari For Instagram From Here And Copy And Paste ✂ ✓ It Into Your Instagram post.

Nepali Shayari For Instagram


😍➤ Best Nepali Shayari For Instagram :

न ठग्न सिकियो, न त लुकाउन सिकियो

केबल आफ्नै पसिनामा रमाउन सिकियो

मालामाल छन स्वदेशमै धन्दा चलाउनेहरु

जुध्न सकिएन र त विदेश धाउन सिकियो


मान्छे यहाँ मान्छे मात्र रहे

मान्छे भित्र भाको मन हराए।

मुटु केबल मासुको डल्ला भै

मुटु भित्र को धड्कन हराए।


खुशी छैन जिन्दगीमा डढेलोले खाए जस्तै।

दिउसै घाम अस्ताएर सुर्य ग्रहण लाए जस्तै।।

निको होला भन्दा घाउ झन झन बल्झि राछ,

सतिदेवी स्वर्गे हुदा शिवले चोट पाए जस्तै


रक्सिले टन मात्तिएर राति पुग्छ सधै पोइ

प्रतिक्षामा खाना नखाई बसेकि हुन्छे सधै जोइ

घर पुग्दा कुट्न बेर लगाउदैन जड्याह भनाउदो |

बिचारि गुहार माग्दा हरे शिव आउदैन कोइ


अचेल मेरा आँखा,पानी पानी भएका छन

देखेका ती सारा सपना खरानी भएका छन

म यसरी बदलीनुको 'राज' छुट्टै छ हजुर

ननिदाएरै हरेक रात बिहानी भएका छन


अन्जान छु म प्यारमा जताउ कसरी!

माया कति छ मनमा बताउ कसरी!!

अनायासै आइदिने तिम्रो याद सधै

चाहान्छु यसलाइ ~घटाउ कसरी!!


देख्नलाई आतूर छन् यी आखाँ

सुन्नलाई आतूर छु तिम्रो भाका

भेट्न पाएनी हुन्थ्यो जहिले तिमीलाई

जोड्न मन थियो मेरो मन तिमिलाई


मनको कितामा गुलाब उनको थियो

रातको निद्रामा सपनी उनको थियो

कति माया गर्छाै मेरो प्रश्न मा

तिमी बिना मर्छु उनकाे जवाफ थियो


मेरो तिर्खाको प्यास

मेरो जिउने आश

तिमि मेरो खास

मेरो जिउने साहस


मेरो मायाको तोल हुदैन

मैले गरेको मायाको मोल हुदैन

धेरै भेटे जीवनमा तर

तिमी जस्तो अनमोल कोहि हुदैन


सबै कुराको छ अन्त्य

मेरो मायाको छैन

सबै कुराको छ मोलतोल

मेरो मायाको छैन


तिमी बाहेक अरुलाई माया गर्दिन

तिम्रो रुचि बाहेक अरुकुरा चाहदिन

तिम्रो मायाको बोटलाई

मेरो मायाको कमीले मार्न चाहदिन


तिम्रो मायाको भोगी म

अलिकति चाख्न चाहन्छु

तिम्रो मायाको प्यासी म

अलिकति पिउन चाहन्छु


अगाडि रामराम पछाडि धार्ने हात देखाए

आफ्ना भन्नेहरू आफ्नो औकात देखाए

जोडेका केही सम्बन्ध तोडेर बन्दन यहा

बिश्वासको बदलमा बिश्वास घात देखाए

 

ऐना हेर्छौ त मेरो याद आउनेछ

साथै बिताएका ती भेटघाटका याद आउनेछ

क्षणभरको लागि समय रोकिनेछ

जब तिमीलाई मेरो कुनै कुरा याद आउनेछ


तिमी मेरो दुनियाँ हौ

तिमी बिना शून्य छ

मेरो आधा जीवन तिमी हौ

तिमी बिना शून्य छ


जुन खुशीको पर्खाई छ

त्यो खुशीले तिम्रो पाउ चुमोस्

भगवानले सबै कुरा पुरा गरुन

खुशीले तिम्रो जीवन झुमोस्


मानें कि तिमी जिउछौ दुनियाको लागि

एकपटक जिउर त हेर मेरो लागि

दिलको के हैसियत तिम्रो सामुन्ने

म ज्यान दिन्छु तिमीलाई पाउनको लागि ।


यो न सोच कि तिमी बिना मरिहाल्छु म,

तिनीहरु पनि जिइरहेका छन्

जसलाई मैले छोडेको थिएँ

केवल तिम्रो लागि ।


सुतेको आँखालाई सलाम छ मेरो

मिठो सुनौलो सपनालाई कामना छ मेरो

दिलमा रहोस् मायाको अनुभव सदै जिउँदो

आजको दिनमा यही सन्देश छ मेरो


तिमी बिना टुक्रिएर छरिनेछु

तिमीलाई पाइयो भने फुल झै फुल्नेछु

तिमीलाई पाइएन भने जिएर पनि मर्नेछु

तिमीलाई पाइयो भने मरेर पनि जिइरहन्छु


मनको मझेरीमा सुस्ताएका सपनाहरु
उज्यालो सँगै फेरी ब्युझनछन।
शुभेच्छाका सुवास लिएर तिम्रो यादहरु
मेरो मनमा गुञ्जनछन्

हलचल मच्चिन्छ तब,
तिम्रो बारे सोच्छु
कस्तो होला त्यो पल जब
आफ्नो जीवनको खुशीमा तिमीलाई मोच्छु

तिमी भए पुग्छ मलाई
छैन केहीको भोक
तिमी नै मेरो दुनिया
तिमी नै मेरो सबथोक

तिमि मेरो जिन्दगानी
तिमि मेरी मन कि रानी
तिम्रो लागि मेरो माया
जहाँनि जहिलेनी

तिम्रो मायाको मिठो कुराको आवाजले
तिमीसंग नजिकिन पुगे म
तिम्रो मायाको मोहनी यादले
आफैमा हराउन थाले म

सारा जिन्दगि सुम्पिदिए
एकछिन तिमीमा अडेस लगाऊ कि भनि
एकदम धेरै माया गर्छु तिमिलाई
आज अलिकति चखाऊ कि भनि

मेरो मन साँचै तिम्रो दास भयो
जीवनमा अझ जिउने केहि आश भयो
लाग्न थाल्यो केहि खास
यो मन मेरो पागल भयो


अचेल ऊ पनी हतार मा देखिन्छ
हुने खाने हरूको कार मा देखिन्छ
ठुलै रकम मा कुरा मिलेछ रे सुनाउथी
सायद अब होटल र बार मा देखिन्छे

पैले देखी शून्यतामा हराएको मान्छे म
जिन्दगी जीउन देखि डराएको मान्छे म
आफन्तकै प्रहारले निर्मम मुटु रेटेदेखि
हाँस्न भन्दा रुन मन पराएको मान्छे म

कसैको भाग्यमा पीडा कसैको मुस्कान छ -
अचम्म अनौठो समय यो वर्तमान छ
सस्तो छ झगडा, व्यापक छन् विवादहरू
दुर्लभ किन्तु समस्याको समाधान छ

खुला आकाश छानो मेरो घर धर्ति माटो
सडकपेटि ओक्ष्यान अनि खाना रोटि आँटो
चर्को घाम र बर्षा अनि हिमपात तुसारो मा
रुख मुनिको बास हुन्छ बिना लुगा फाटो


सम्झनामा मुस्कुराउनु पनि प्यार हो
यो कुरालाई सबैसँग लुकाउनु पनि प्यार हो
त्यसकारण रातमा निन्द्रा आउदैन
तर रातमा सुतेर पनि जाग्नु प्यार हो

नजरलाई नजरको खबर भएन
कुनै राम्रो पनि यसरी नलागी दियून
तिमीलाइ देखेको छु मात्र त्यो नजरले
जुन नजरबाट तिमीलाई नजर नलागोस

मुटुमा मायाको आभास हुने गर्छ
कुरा गर्ने कायदा हुने गर्छ
जबसम्म मुटुले धोका खादैन
सबैलाई आफनो मायामा गर्व हुने गर्छ

गुमाउनु भन्दा पाउनुछ तिमीलाई
अरुको हुनु भन्दा आफ्नो बनाउनुछ तिमीलाई
कहिँ कतै हराउछौ कि भन्ने डरले
यो मनमा बाधेर राख्नुछ तिमीलाई

मायामा कस्तो कस्तो हुन्छ
मायामा दिल त पागल हुन्छ
मायामा कहिले खुशी कहिले पीडा हुन्छ
प्यार एक यस्तो कथा हो जुन
न तिमीलाई थाहा छ न मैले थाहा पाए

गरिदेऊ नजर सकारात्मक ममाथि
म तिमीमाथि ज्यान हाजिर गरिदिन्छु
दिवाना हुँ म तिम्रो यस्तो
कि मायाको हद पनि पार गरिदिन्छु


सुरु गर्छु फेरि माया
तिमी आइ हाल न
अलिकति म बदलिन्छु
अलिकति तिमी बदली हाल न

सपनाको दुनियाँमा हराउदै गएँ
होशमा समेत मधहोस् हुदैँ गएँ
के चमत्कार थियो उनको मुहारमा
आफुलाई रोक्दा समेत उनको हुदैँ गएँ

पवित्र प्रेमको विशाल गगन तिमी
बगानमा रहेको आकर्षक सुमन तिमी
तिम्रो लागि यो प्राण ईश्वरको सृजनामा
सहास अनि माया दिने जीवन होउ तिमी

औधी माया छ म भित्र
चाहन्न तिमी म बाट टाढिएको
हटाउन सक्दिन म तिमीलाई
छ मायाको किला बेस्मारी गाढियको


मेरो जिन्दगीको ज्योति तिमी
साथ तिमीलाई दिन पाऊ
मेरो जिन्दगीको खुशी तिमी
जस्तो सुकै पर्दापनि साथ तिम्रो निभाउन पाऊ


😍➤ Final Word 

Let us know in the comments if you already knew about them or if any was a surprise for you 👍 . 

Related Posts

Post a Comment